Our Covenant

हाम्रो मण्डलीको करार

परमेश्वर पिताको अनुग्रहद्वारा, प्रभु येशू ख्रीष्टमा विश्वास गरी र पवित्र आत्मामा निर्भर रही हामी फेथ कम्युनिटी बप्तिस चर्च परिवार, विश्वासद्वारा जिउनेछौं भनी हाम्रो यो करार एकअर्कासँग नवीकरण गर्दछौं।

हाम्रो प्रतिबद्धता

परमेश्वर पिताको अनुग्रहद्वारा, प्रभु येशू ख्रीष्टमा विश्वास गरी र पवित्र आत्मामा निर्भर रही हामी फेथ कम्युनिटी बप्तिस चर्च परिवार, विश्वासद्वारा जिउनेछौं भनी हाम्रो यो करार एकअर्कासँग नवीकरण गर्दछौं।

01

शान्ति र पवित्र आत्माको एकता

शान्तिको बन्धनमा, पवित्र आत्माको एकता कायम राख्न, हामी प्रार्थना सहित निरन्तर परिश्रम गर्नेछौं।

बाइबल सन्दर्भ: एफिसी ४ः३

02

नियमित संगति र प्रार्थना

नियमित रूपमा एकसाथ भेला हुन पहिलो प्राथमिकतामा राख्नेछौं। अरूहरूको निम्ति निरन्तर प्रार्थना गर्न छोड्नेछैनौं।

बाइबल सन्दर्भ: हिब्रू १०ः२५, कलस्सी ४ः२

03

भातृ प्रेम र एकअर्काको हेरचाह

हामी एक अर्काप्रतिको भातृ प्रेममा समर्पित हुनेछौं। दया र नम्रतासाथ एकले अर्कोलाई सहँदै, क्षमा दिँदै, प्रोत्साहन दिँदै, निर्माण गर्दै, गोठालो गर्दै र आवश्यक परेमा हप्काउँदै एकअर्काप्रति धैर्य धारण गर्नेछौं।

बाइबल सन्दर्भ: लूका १७ः३, कलस्सी ३ः१३, १ थेस्लोनिकी ५ः११, १ पत्रूस १ः२२

04

परिवार र नयाँ पुस्ताको हेरचाह

शुद्ध र प्रेमिलो जीवनशैलीको उदाहरण दिई, आफ्ना छोराछोरीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काउन, साथै आफ्ना परिवारका बाँकी सदस्य र आफन्तहरूको उद्धार खोज्ने प्रतिज्ञा गर्दछौं।

बाइबल सन्दर्भ: एफिसी ६ः४, १ पत्रूस ३ः१

05

दुःख र आनन्दमा एकअर्काको साथ

हामी आनन्द गर्नेहरूसँग आनन्द गर्नेछौं र रुनेहरूसँग रुनेछौं। एकअर्काको भार उठाउन एकले अर्कोलाई मद्दत गर्नेछौं।

बाइबल सन्दर्भ: रोमी १२ः१५

06

भक्तिपूर्ण जीवन र प्रभुको आगमन

परमेश्वरको सहायताले सबै भक्तिहीनता र सांसारिक शैली त्याग्दै, एक संयमी, सोझो र भक्त भएर जीवनयापन गर्दै हाम्रो महान् उद्धारकर्ता प्रभु येशू ख्रीष्टको आगमनको प्रतीक्षा गर्नेछौं।

बाइबल सन्दर्भ: तीतस २ः१२–१३

07

सुसमाचार र मण्डलीका विधिहरू

साँचो सुसमाचारलाई सुरक्षित राख्न परमेश्वरको वचन प्रचारको साथै ख्रीष्ट येशूले मण्डलीको निम्ति दिनुभएको दुई वटा आज्ञाहरू, विश्वासीको बप्तिस्मा र प्रभुभोजको निरन्तर अभ्यास गर्नेछौं।

बाइबल सन्दर्भ: २ तिमोथी ४ः२, प्रेरित २ः३८, १ कोरिन्थी ११ः२६

08

दिने हृदय र सेवकाई

यस मण्डलीको सेवकाई, मण्डलीको आवश्यक खर्च, सारा जातिमा सुसमाचार प्रचार र खाँचोमा परेकाहरूको सहायताको निम्ति हामी उदारचित्तले निरन्तर दिनेछौं।

बाइबल सन्दर्भ: मत्ती २८ः१९, लूका १२ः३३, २ कोरिन्थी ९ः७

09

नयाँ स्थानमा पनि विश्वासयोग्य जीवन

यदि भविष्यमा हामी यो स्थान छोडेर अर्को ठाउँ गयौं भने, जति सक्दो चाँडो अर्को सुसमाचारीय मण्डलीको सदस्य बनेर, परमेश्वरको वचनको सिद्धान्त तथा यस करारको भावअनुसार जिउनेछौं।

परमेश्वर पिताको प्रेम, पुत्र प्रभु येशू ख्रीष्टको अनुग्रह र पवित्र आत्माको संगति हामीसँग रहून्।

बाइबल सन्दर्भ: २ कोरिन्थी १३ः१४

“परमेश्वर पिताको प्रेम, पुत्र प्रभु येशू ख्रीष्टको अनुग्रह र पवित्र आत्माको संगति हामीसँग रहून्।”

२ कोरिन्थी १३ः१४